Sajhamanch Archive

नक्कली नोटको कारोबार गर्ने दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नक्कली नोटको कारोबार गर्ने दुई जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुंगा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको प्रहरीले बताएको छ। विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

मल्ल र सुवेदीले एक हजार रुपैयाँ दरका सक्कली नोटलाई रसायन प्रयोग गरी नक्कली नोट बनाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूबाट १२ बण्डल नक्कली नोटजस्तो देखिने कागजको बण्डल सात बट्टा, विभिन्न रसायन, नोट बनाउन प्रयोग गर्ने कैँची बरामद गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *