Sajhamanch Archive

सवारी दुर्घटना न्युनिकरण महाअभियान अन्तर्गत, सवारी चालकहरुको स्वास्थ्य परिक्षण

Published: in राष्ट्रिय समाचार by .

इटहरी । सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी १५ दिने महाअभियान बुधबार सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।

१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतले २७ स्थानमा २८२६ जना सवारी चालकहरुको ब्लड प्रेसर, आंखा, घाटी र अन्य चेकजाँच गरिएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

चेकजाँचको क्रममा बस चालक ६५० जना, ट्रक, ट्रिपर चालक ५७० जना, जिपकार, म्याजिक चालक ७२३ जना, ट्याक्टर चालक २४३ जना, स्कुल बस चालक ९८ जना र ५७४ जना अन्य सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

जसमा १९६ जना आँखा कमजोरी भएका चालक, २५८ जना प्रेसरको विरामी रहेका चालक र १ जना छारे रोग भएको चालकहरु फेला परेको बताइएको छ।

अभियानमा ३२७६ जना सवारी चालक परिचालकहरुलाई ट्राफिक सचेतनामुलक प्रशिक्षण, १४६७ जनालाई सचेतनमुक पर्चा पम्प्लेट वितरण, १५० वटा सवारी साधनमा रिफ्लेक्टर स्टिकर टाँस गरी ३३ जना सवारी चालकहरुलाई पोशाक वितरण गरिएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *