Sajhamanch Archive

बनियानी खोलाको कल्भर्डको निर्माण कार्य तिब्र

Published: in राष्ट्रिय समाचार by .

दूधे । शिवसताक्षी नगरपालिका वडा नं. २, ३, र ६ जोड्ने बनियानी खोलामा हिमाली बक्स कल्भर्डको निर्माण कार्य तिब्र बनाइएको छ ।

प्रतिनिधि समा सदस्य एलपी साँवा लिम्बुले गएको फागुन १ गते सो पुलको शिल्यान्यास गरेका हुन् । पुल सांसद विकास कोषबाट विनियोजित ५० लाखको लागतमा शिवसताक्षी नगरपालिकाबाट २० लाख र स्थानीय उपभोक्ताबाट ३ लाख ६८ हजार ९ सय ३० गरी कुल ७३ लाख ६८ हजार ९ सय ३० रुपैयामा निर्माण कार्य भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

हाल पुलको जगको निर्माण कार्य पुरा भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष भुवन राई जानकारी दिए । सो पुलको निर्माण कार्य सम्पन्न भएपछि शिवसताक्षीका डुँडामारी, हिमाली चौक, हवल्दार चौक हुँदै शिवगञ्ज बजार र नगरपालिका कार्यालयसँग पनि जोड्ने बताइएको छ ।

पुल नहुँदा बर्षौदेखि बर्षातको समयमा सो क्षेत्रका स्थानीय असहज बन्दै आएको थियो । पुल बन्ने भएपछि विद्यार्थीहरुलाई आवत जावतमा सहज हुने देखिन्छ । स्थानीय स्तरमा उत्पादिन कृषिजन्य वस्तुहरु शिवगञ्ज बजारसम्म पुर्याउन र सहज हुने भएपछि उत्पदिन वस्तुले बजार पाउने निर्माण उभोक्ता समितिका अध्यक्ष भुवन राईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *