Sajhamanch Archive

विश्व न्यूजिल्याण्डमा बन्दुक बोक्न प्रतिबन्ध, नागरिकसँग भएका सबै हतियार सरकारले किन्ने

Published: in राष्ट्रिय समाचार by .

न्युजिल्याण्डले सबै प्रकारका स्वचालित तथा अर्धस्वचालित हतियारमा प्रतिबन्ध लगाउने भएको छ।  प्रधानमन्त्री जासिन्डा आर्डेनले खुलमखुला बिक्री भइरहेका सुरक्षा बलले प्रयोग गर्ने किसिमका सबै प्रकारका हतियारमाथि प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन्।

केही दिनअघि एक हतियारधारीले क्राइस्टचर्च शहरका दुई मस्जिदमा आक्रमण गर्दा ५० जनाको मृत्यु भएको घटनापछि प्रधानमन्त्री आर्डेनले यस्ता हतियारहरु खुल्ला बिक्री गर्ने कानुन संशोधन गरी प्रतिबन्ध लगाउने तयारी गरेकी हुन्। सो कानुन आगामी अप्रिल ११ सम्ममा कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ।

प्रधानमन्त्री आर्डेनले पूर्ण तथा अर्धस्वचालित हतियारहरुका पार्टपूर्जासमेत बिक्री वितरण रोक्नेगरी कानून बनाउने घोषणा गरिन।सरकारले बजारमा बिक्रीका लागि राखिएका र नागरिकसँग भएका सबै हतियार आफैले खरिद गर्नेसमेत निर्णय गरेको छ। बिक्रिमा प्रतिबन्ध लगाएसँगै मुलुकमा अनुमति पत्र प्राप्त गरी हतियार राखेका व्यक्तिहरुलेसमेत अब हतियार राख्न पाउनेछैनन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *