Sajhamanch Archive

काठमाण्डौमा रंगिए दाह्रीहरु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौंँ । दाह्री ग्याङगले राजधानीको पशुपतिस्थित कैलाश डाडाँमा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

विगतमा समेत सोही ग्याङगले यस्ता सामाजिक कार्यहरुमा आफनो सहभागीता देखाउदै आएको पाईन्छ ।

बुधबार सम्पन्न भएको कार्यक्रममा युवा वर्ग माझ देशभर करीब १००० को संख्यामा टि सर्ट विक्रि गरिएको थियो । एउटा टिसर्टको मूल्य २ सय ५० रुपैया राखीएको थियो भने उठेको उक्त रकम सामाजिक कार्यमानै खर्च गरिने दाह्री ग्याङका संस्थापक सदस्य जगदिश भण्डारी बताए ।
दारी ग्याङ्गको यो रगंको उत्सव प्रियजनहरु माझ” भन्ने मूल नाराको साथमा कार्यक्रम समापन भएको छ ।

दारी ग्याङमा आवद्ध एक युवा विपुल पाण्डे भन्छन— युवा पुस्ताले आफनो संस्कृतीको जगेर्ना गर्न चालेको यस्तो कदममा म निकै खुशी छु यसले भाइचाराको सम्बन्धलाई अझै बलियो बनाउने छ । दारी ग्याङले आगामी दिनमा धुर्मुस सुन्तली फाउन्डेसन समक्ष समेत सहकार्य जारी राख्ने जानकारी पाईएको छ ।

कार्यक्रम बिहानको ११ बजेबाट ३ बजेसम्म विभिन्न खेलहरुको साथै नाचगानका साथ समापन भएको अर्का संस्थापक सदश्य मनोज मालाकारले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *