Sajhamanch Archive

होलीको अवसरमा फरक विशेषता भएका बालबालिकाहरुलाई सहयोग

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

दूधे । होलीको अवसर पारेर गोर्खाली हर्ट फेसबुक ग्रुप र सतासीधाम जेसीजले संयुक्त रुपमा अपाङ्ग, अशक्त र अशाय बालबालिकाहरुलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । कनकाई नगरपालिका स्थित पुकार अपाङ्ग, असक्त समाजलाई १ लाख ४ हजार रकम हस्तान्तरण गरेको हो ।

गोर्खाली हर्टले ७४ हजार र सतासीधाम जेसीजले ३० हजार रकम क्षेत्र नं. ४ (क)का प्रदेश सभा सदस्य झलकसिंह दर्लामी र शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, सतासीधाम जेसीजका संस्थापक अध्यक्ष कृष्ण पोख्रेल, वर्ष २०१८ अध्यक्ष महेन्द्र भट्टराई गोर्खाली हर्टका सञ्चालक विजय खुदाङ र जि एन नेयोङ्गले समाजकी सञ्चालक निर्मला ओझालाई हस्तान्तरण गरेका हुन् ।

प्रदेश सभा सदस्य झलकसिं दर्लामीले गोर्खाली हर्ट र सतासीधाम जेसीजले मानविय सेवामा समर्पित भई सहयोग गरेर एउटा उदारणीय काम गरेको बताए । उनले समाजमा रहेका अशाय बालबालिकाहरुलाई एकै स्थानमा राखी संरक्षण गरी पालन पोषण गरेकोमा समाजकी सञ्चालक निर्मला ओझालाई धन्यवाद दिएका थिए । संसाद दर्लामीले असक्त र अपाङ्ग बालबालिकाहरुको संरक्षणका लागि प्रदेशबाट विशेष योजना बनाउनु पर्ने बताए ।

त्यसैगरी शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले नगर भित्र रहेका यस्ता फरक विशेषता भएका बालबालिकाहरुलाई नगरपालिकाले संरक्षण गर्नु पर्ने बताइन् । कतिपय फरक विशेषता भएका बालबालिकाहरुलाई बाबु आमाले समेत छोडेकाले त्यसको जिम्मा राज्यले लिनुपर्ने उनको भनाई थियो ।

गोर्खाहर्टका सञ्चालक विजय खुदाङ्गले १७ जना अपाङ्ग बालबालिका संरक्षण गरिरहेका पुकार समाजले घर घाडा तीर्न नसकेर त्यसमा आश्रित बालबालिहरुको विचल्ली पर्ने देखेपछि बालबालिकाहरुको संरक्षणका लागि खान पुगोस, दिन पुगोस भन्ने नाराका साथ अभियान चलाएको बताए । उनले गोर्खाली हटमा आवद्ध कतिपय बालबालिकाहरुले आफ्नो खाजा खर्च कटाएर पनि यस अभियानलाई सहयोग गरेको जानकारी दिए । गोर्खाली हर्टले समाजमा आश्रित बालबालिकाहरुलाई होलीको टि सर्टपनि वितरण गरेको थियो ।

 

यसैबीच शिवसताक्षीको दूधेमा रहेको कनकाई गार्मेटले समाजका बालबिालहरुलाई ट्रयाक सुर्ट वितरण गरेको छ । गार्मेका सञ्चालक सन्तोष थोप्रा र प्रदेश सभा सांसद दर्लामी मगर र उपमेयर नेपालले संयुक्तरुपमा ट्रयाक सुट हस्तान्तरण गरेका हुन् ।

बालबालिकाहरुले सबैलाई रंग लगाई दिएर होली मनाएका थिए । हाल पुकार अपाङ्ग समाजमा झापाका विभिन्न नगर तथा गाउँपालिकाका १७ जना बालबालिकाहरु रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *