Sajhamanch Archive

पतन्जलीको होलीमा विविध कार्यक्रम

Published: in राष्ट्रिय समाचार, समाज by .

कमल  ।  पतन्जली योग इकाई कमल गाउँपालिकाले आज विभिन्न कार्यक्रमका साथ होली मनाएको छ ।

कार्यक्रममा १ महिनासम्म सञ्चालित सहयोग शिक्षकमा सहभागीलाई दिक्षान्त , चौथो वार्षिकोत्सव तथा होली मिलन कार्यक्रम गरेको हो ।
पतन्जली योग इकाई कमल गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले, विषेश अतिथि केन्द्रिय सदस्यद्वय टिकाप्रसाद खतिवडा र लोकनाथ खनालले तालिममा सहभागीलाई प्रमाण–पत्र र परिचय पत्र प्रदान गरेका थिए ।

गाउँपालिका अध्यक्ष काफ्लेले तालिममा सिकेका कुरालाई अव प्रत्येक वडा र टोलटोलमा पुगेर गाउँपालिकामा रहेका हरेक नागरिकलाई योगको माध्यमबाट निरोगी रहने उपायका बारेमा जानकारी गराउन अनुरोध गरिन् । त्यसैगरी केन्द्रिय सदस्य टिका प्रसाद खतिवडाले स्वस्थ्य जल, जमिन, जङ्गलका साथै जवानी बचाउने उपाय भनेको योग नै रहेकोले दैनिक रुपमा योग गर्न सुझाव दिए ।

कार्यक्रममा पतन्जली योग केन्द्रिय सदस्य लोकनाथ खनाल, जिल्ला समिति अध्यक्ष देवीप्रसाद घिमिरे, प्रदेश नम्वर १ का सदस्य मिना कोईराला, मोरङ्ग अध्यक्ष जयधर्म आचार्य , कमल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पतन्जली योग कमल गाउँपालिकालाई आर्थिक लगायत विभिन्न क्षेत्रबाट सहयोग पुर्याए वापत कमल गाउँपालिकाको कार्यालय र कमल गाउँपालिक वडा नम्बर ३ को कार्यालय लाई समेत सम्मान गरिएकोे थियो ।

पतन्जली योग कमल गाउँपालिका सचिव तिलोचन गौतम र सदस्य मोहन खनालले सन्चालन गरेको कार्यक्रममा उपस्थित अतिथिहरुलाई पतन्जली योग कमल गाउँपालिकाका सस्थापक अध्यक्ष तथा जिल्ला सदस्य उमानाथ भण्डारीले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *