Sajhamanch Archive

तनहुँमा बस दुर्घटना एकको ज्यान गयो, तीन घाइते

Published: in राष्ट्रिय समाचार, समाज by .

तनहुँ । तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तनहुँको भिमाद–रिसिङ कच्ची सडकखण्ड अन्तर्गत रिसिङ गाउँपालिका–६ मैदानस्वाँरामा बिहीबार राति भिमादबाट पुरानो रिसिङ जाँदै गरेको ग १ ख ७५३४ नं को बस सडक छेउ पल्टिदा रिसिङ गाउँपालिका–६ बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको उपचारको लागि पोखरा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुघटनामा तीन जना घाइते भएका छन्।

घाइते हुनेमा रिसिङ–६ का ५५ वर्षीय पदमबहादुर आले, ४५ वर्षीय होमबहादुर राना र १५ वर्षीया लिला थापा रहेका छन्। घाइतेहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बस चालक र बस प्रहरीले नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *