Sajhamanch Archive

सुत्केरी महिलाको ज्यान गएपछि धनगढीस्थित सेती अञ्चल अस्पताल तनावग्रस्त

Published: in राष्ट्रिय समाचार, समाज by .

धनगढी । सुत्केरी महिलाको ज्यान गएपछि धनगढीस्थित सेती अञ्चल अस्पताल तनावग्रस्त बनेको छ ।

अस्पतालको लापर्वाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवारले अस्पतालमा घेराउ र नारावाजी गरिरहेका छन् । पीडितहरुको आक्रोशले अस्पतालमा तनाव बढ्दै गएपछि सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

धनगढी उपमहानगरपालिका जुगेडा सीगाउँकी २० वर्षीया रेखा थापाको सुत्केरी गराउने क्रममा चिकित्सकको लापर्वाहीले मृत्यु भएको मृतक रेखाका श्रीमान जयबहादुर थापाले बताएका छन् । ‘सामान्य अवस्थामा रहेकी रेखालाई चैत ३ गते अस्पताल भर्ना गरेका हौं । शुरुमा नर्मल छ भने ।

दोस्रो दिन विहान एकाएक शल्यक्रिया गर्नुपर्छ भने । हामीले हुन्छ भन्यौं,’ जयबहादुर थापाले भने, ‘अप्रेशनपछि उनको अवस्था बिग्रँदै गएको थियो तर पनि डाक्टरहरुले सामान्य छ भन्दै गए । बिहीबार अन्तिम अवस्थामा मात्रै कोहलपुर लैजाउ, यहाँ हुँदैन भने ।’

कोहलपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा चिकित्सकले लापर्वाही गरेको आफन्तले आरोप लगाएका हुन् । अस्पतालमा सर्वपक्षीय बैठक बसिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *