Sajhamanch Archive

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते

Published: in राष्ट्रिय समाचार, समाज by .

भोजपुर । भोजपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको छ ।

भोजपुरबाट धरान जाँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रकले भोजपुरतर्फ आउँदै गरेको को ३१ प ४५४५ नम्बरको मोटरसाइकललाई अरुण गाउँपालिका वडा नं ६ जरायोटारमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनाअघि विहान ९ वजेतिर भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार घाइते भएका दुवैजनालाई उपचारका लागि धरान लगिएको छ ।

उनीहरुको नाम खुलेको छैन । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *