Sajhamanch Archive

चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

बेइजिङ  । चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

पूर्वी चीनको येनचंग शहरमा रहेको तियानजियाई केमिकल प्लान्टमा विस्फोट भएको हो । विस्फोटमा परेर ९० जना घाइते भएका छन् । घाइतेमध्ये ३२ जनाको अवस्था गम्भीर छ ।

विस्फोटलगत्तै कारखानामा रहेको ६४० जनालाई अस्पताल पुर्‍याइएको थियो । विस्फोटपछि कारखानामा आगो लागेको थियो ।

यो कारखानामा उर्जा उत्पादनको काम हुँदै आएको थियो । चिनियाँ भूकम्प मापन केन्द्रले विस्फोटको समयमा २।२ म्याग्नेच्युटको धक्का महसुस भएको जनाएको छ ।

कारखानामा लागेको आगो नियन्त्रणमा लिइएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *