Sajhamanch Archive

मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न : सातवटा विधेयक पारित

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

मेचीनगर । विभिन्न सातवटा विधेयक सर्वसम्मत पारित गदैं मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ ।

२६ फागुनमा प्रदेशसभा सदस्यत्रय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र राधा थापाले संयुक्तरुपमा उद्घाटन गरेको नगरसभा १० दिनसम्म चलेर आज सकिएको हो ।

सम्बन्धित विधेयक समितिका संयोजकहरुले उद्घाटन समारोहमा प्रस्तुत गरेका सातवटा विधेयकहरु माथि बृहत छलफल पश्चात सर्वसम्मतले पारित गरेको नगरपालिकाले जनाएको छ ।

कार्यपालिका सदस्य तथा विधेयक समितिका संयोजक कुश्मीकुमारी चौधरीले प्रस्तुत गरेको न्यायिक समितिको कार्यविधि नियमित गर्न बनेको ऐन र नगरपालिकाको निर्णय वा आदेश र अधिकार पत्र प्रमाणीकरण ऐन २०७५, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समिति संयोजक विन्दा प्रसाईले प्रस्तुत गरेको बारुणयन्त्र तथा नगर प्रहरी सेवा व्यवस्थापन गर्न बनेको ऐन, पारित भएका हुन् ।

यस्तै नगर कार्यपालिका कर्मचारी व्यवस्थापन ऐन २०७५ तथा प्रशासकीय कार्याविधी नियमित गर्न बनेको ऐन २०७५ माथि छलफल पश्चात पारित भएको छ ।

नगरसभाले वन, वातावरण, विपद तथा भूमि व्यवस्थापन समितिका संयोजक टीकाराम सार्कीले नगरसभामा सभासद समक्ष छलफलका लागि प्रस्तुत गरेको नगर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७५ र आर्थिक विकास समिति संयोजक सुदेशकुमार पनेरुले छलफलका लागि प्रस्तुत गरेको सहकारी ऐन २०७५ समेत सर्वसम्मतले पारित गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *