Sajhamanch Archive

शारीरिक अपाङ्गता भएका ३५ जनालाई सहयोग सामाग्री वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्याक्तिहरुलाई सहयोग सामाग्री वितरण गरिएको छ ।

शिवसताक्षी वडा नं. ६ शिवगञ्जमा एक कार्यक्रमका बीच ३५ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री वितरण गरिएको हो ।

फरक विशेषता भएका व्यक्तिहरुलाई दैनिक जिवनमा सहयोग होस् भन्ने उद्धेश्यले झापा क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी साँवा लिम्बु, प्रदेश सांसद झलकसिं दर्लामीले संयुक्त रुपमा व्हील चियर, बैसाखी, वालकिङ्ग, स्टिक वार्कर लगायतका सामाग्री वितरण गरेका हुन् ।

शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको समन्वयमा समाज कल्याण परिषद राष्ट्रिय अपाङ्ग कोष काठमाण्डौको सहयोगमा ८ लाख बराबरको सामाग्री वितरण गरिएको हो । विहील चियर, बैसाखी, वालकीङ्ग स्टीक वार्कर वितरण गरिरको संघीय सांसद एलपी साँवाले बताए । उनले जनताहरुसँग.बोल्नु भन्दा पनि काम गरेर देखाउन चाहेकोमा जोड् बताए ।

कार्यक्रममा सांसद एलपी सांवा लिम्बु, प्रदेश सांसद झलकसिं दर्लामी, राष्ट्रिय अपाङ्ग कोषका सदस्य सचिव यामनाथ मैनाली, शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज कार्की, सांसद लिम्बुका स्वकीय सचिव सिक्कीन पास्वान, नेकपा शिवसताक्षी नगर कमिटी अध्यक्ष महेन्द्र भट्टराई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण समाजसेवी सन्तोष पौडेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *