Sajhamanch Archive

लगानी सम्मेलनमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन् ।

शुक्रबार बसेको उद्योग वाणिज्य प्रवद्र्धन परिषदको दोस्रो बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथिहरुलाई व्यवस्थित बास, सुरक्षा र अन्य प्रवन्ध मिलाउन निर्देशन दिएका छन् । परिषदका तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने जानकारी दिए । “गणतन्त्र आएको छ ,संघीयता आएको छ, आवधिक चुनाव भएको छ ” प्रधानमन्त्री ओलीले भने “अब के चाहिएको हो ? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने ? त्यस्तो हुदैन । सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कानुन अनुसार अघि बढ्छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *