Sajhamanch Archive

यस्तो छ प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलको मोडल

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं  । लगानी सम्मेलनमा नेपालले पूर्व–पश्चिम विद्युतीय रेल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा बनाउनुपर्ने सर्त अगाडि सारेको छ ।

आगामी साता हुन लागेको ‘नेपाल लगानी सम्मेलन–२०१९’ मा लगानी बोर्डले पूर्व–पश्चिम विद्युतीय रेलको मोडल पीपीपी हुनेगरी सर्त तयार गरेको छ ।

उक्त आयोजना निर्माणमा चासो देखाउने विदेशी लगानीकर्ताका लागि पहिलो शर्त यसको निर्माण मोडल राखिएको हो । आयोजनाको कुल लागत ३ अर्ब ३० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

मेची देखि महाकालीसम्मका २४ जिल्लाको २ हजार २ सय ४७ हेक्टर जमिनमा बन्न लागेको आयोजनाको विस्तृत अध्ययन भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *