Sajhamanch Archive

दुई वटा बस आपसमा ठोक्किँदा कम्तिमा ६० जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । अफ्रिकी मुलुक घानामा दुई वटा बस आपसमा ठोक्किँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

घानाका प्रहरी अधिकारीहरुले पछिल्लो समयमा सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना भएको बताएका छन् ।

राजधानी आक्रादेखि ४३० किलोमिटर टाढा पर्ने किटाम्पो शहरमा बस ठोक्किएका हुन् ।

सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिएका छन् ।

दुवै बसमा ५०र५० जनाभन्दा बढी यात्रु रहेकोमा एकआपसमा ठोक्किएका बसमध्ये एउटामा आगलागीसमेत भएको थियो ।

कतिपय यात्रुको बसभित्रै जलेर मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते २८ जनाको उपचार भइरहेको र ७ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *