Sajhamanch Archive

‘विप्लव’ नेतृत्व पार्टीका प्रभावशाली नेता वली सहित आठ जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् । ओली चन्दपछिको तेस्रो वरियताका नेता हुन् ।

केही दिनअघि काभ्रेको काफल डाँडामा प्रहरी र नेकपाका कार्यकर्ताबीच फायरिङ भएको थियो । त्यस क्रममा प्रहरीले नेकपाका चार कार्यकर्तालाई पक्राउ गरेको थियो ।

काठमाडौंबाट गएको अपराध महाशाखाको टोलीले त्यो बेला हेमन्तलाई पक्राउ गर्न असफल भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *