Sajhamanch Archive

विरेन्द्र नमुना क्याम्पस चन्द्रगढीले जित्यो ‘एक्सपर्ट सूर्याेदय क्वीज सिजन ३’को उपाधि

Published: in राष्ट्रिय समाचार, समाज by .

विर्तामोड । सूर्याेदय टेलिभिजनले आयोजना गरेको ‘एक्सपर्ट सूर्याेदय क्वीज सिजन ३’को उपाधि विरेन्द्र नमुना क्याम्पस झापा चन्द्रगढीले जितेको छ ।

प्रतियोगिताको फाइनलमा सहभागी तीनवटा नीजि विद्यालयलाई पछि पार्दै सामुदायिक क्याम्पस चन्द्रगढीले उपाधि जितेको हो । जीतसँगै क्याम्पसले नगद ५० हजार रुपैयाँ, ब्रोडलिङ्गकातर्फबाट २० हजार रुपैयाँ बराबरको उपकरण सहितको १ वर्षका लागि निःशुल्क इन्टरनेट सेवा सहित ट्रफी तथा प्रमाण पत्र प्राप्त प्राप्त गरेको छ ।

यसैगरी हिमालय माध्यमिक विद्यालाय दमकले दोस्रो स्थान प्राप्त गर्दै नगद २५ हजार रुपैयाँ र ब्रोडलिङ्गकातर्फबाट ६ महिनाका लागि निःशुल्क इन्टरनेट सेवासहित ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेको छ ।यसैगरी क्रमश प्रज्वल कलेजेज एकाडेमी गौरादह र इन्द्रेणी निधी क्याम्पस विर्तामोड क्रमस तेस्रो र चौथो घोषित भए । तेस्रो र चौथो हुने विद्यालयहरुले नगद १५ हजार रुपैयाँ ब्रोडलिङ्गकातर्फबाट ३ महिनाका लागि निःशुल्क इन्टरनेट सेवासहित ट्रफी र प्रमाण पत्र तथा इन्दे्रणीले ५ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेको कार्यक्रम संयोजक देवी गौतमले जानकारी दिनु भयो ।

विजयी विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर के.आर खम्बु, सूर्याेदय टेलिभिजन एण्ड मिडिया प्रालिका अध्यक्ष मनोज उप्रेती सूर्याेदय टेलिभिजनका प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती, सञ्चालक सदस्यहरु रामकुमार बुढाथोकी, युवराज दाहाल, नवराज दाहाल टंक गौतमले नगदसहित ट्रफी प्रदान गर्नु भएको थियो ।

प्रतियोगितामा १ नम्बर प्रदेशको झापा,मोरङ,पाँचथर र इलामगरी ४ वटा जिल्लाका ७० वटा विद्यालयहरुको सहभागिता रहेको संयोजक गौतमले जानकारी दिनु भयो । ७० वटा विद्यालयका २ सय भन्दा बढी कक्षा कोठामा पुगेर‘क्वीक क्वीज’समेत गराएको संयोजक गौतमले बताउनु भयो । हरेक साताको शुक्रबार साँझ साढे ७ बजे प्रशारण हुने एक्सपर्ट सूर्योदय क्वीज कार्यक्रम फाइनल सम्म आईपुग्दा २०औँ भाग प्रसारण गरीएको छ । जसलाई सूर्योदय टेलिभिजनकी कार्यक्रम प्रस्तोता शुभला तामाङ्गले सञ्चालन गर्नु भएको थियो । प्रतियोगितामा शिक्षा,कला साहित्य, समसामयिक राजनीति, गीत संगीत, इतिहास, भुगोल, विज्ञानलगायत सामान्य ज्ञानसँग सम्बन्धित रहेर प्रश्नत्तोर गरिएको थियो ।

प्रतियोगिता शिक्षासँग केन्द्रीत भएकाले पारदर्शी, निष्पक्ष र विवादरहित बनाउन प्रत्येक भागमा अलग अलग निर्णयकको व्यवस्था मिलाइएको थियो ।फाइनल प्रतियोगिताको प्रमुख निर्णयकको जिम्मेवारी दमक बहुमुखी क्याम्पस प्रमुख उत्तम भट्टराई रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि खम्बुले सूर्याेदय टेलिभिजनले काठमाण्डौं,पोखरालगायत अन्य ठुला शहर बाहिर यस्तो कार्यक्रम आयोजना गरेर शिक्षाको क्षेत्रमा एउटा इटा थप्ने काम गरेको र यसलाई निरन्तरता दिँदै पूर्वाञ्चल मात्र नभएर देशव्यापी बनाउन सुझाव दिनु भयो ।खम्बुले यस्ता कार्यक्रमले विद्यार्थी भित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र भएर नपुग्ने र अन्य क्षेत्रका बारेमा समेत रुची राख्नु पर्दाे रहेछ भन्ने सन्देश यस कार्यक्रमले दिएको वहाँको भनाई थियो ।

कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रहेको ‘एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज’का नेपाल निर्देशक खेमराज संग्रौलाले सिजन ४ मा समेत आफ्नो संस्थाको सहभागिता रहने र निरन्तर साथ सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गदैं तत्काल सिजन ४ शुरु गर्न आग्रह गर्नु भएको थियो । सूर्याेदय टेलिभिजन एण्ड मिडिया प्रालिका अध्यक्ष मनोज उप्रेतीले प्रतियोगितामा सहभागिताका लागि हरेक विद्यालयलाई आग्रह गर्नु भएको छ । यस अघि गोमेन्द्र मल्टिपल कलेज विर्तामोडले सिजन १ को र आस्था कलेज दमकले सिजन २ को उपाधि जितेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *