Sajhamanch Archive

भट्टराई कुलवंश प्रतिष्ठान सतासी–शिवगञ्ज शाखामा नयाँ कार्य समिति चयन

Published: in राष्ट्रिय समाचार by .

दूधे । भट्टराई कुलवंश प्रतिष्ठान सतासी–शिवगञ्ज शाखाले नयाँ कार्य समिति चयन गरेको छ ।

शनिबार शिवसताक्षीको दूधेमा वार्षिक साधारण सभा तथा दोस्रो अधिवशनबाट दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।

जसमा उपाध्यक्ष विष्णुलाल भट्टराई, सचिव नारायण भट्टराई, सह–सचिव लक्ष्मीप्रसाद भट्टराई, कोषाध्यक्ष दुर्गादेवी भट्टराई सर्वसम्मत चयन भएका हुन् । सदस्यहरुमा घनेन्द्र भट्टराई, वीरेन्द्र भट्टराई, रत्नकुमार भट्टराई, चन्द्रमणि भट्टराई, नीरा भट्टराई रहेका छन् ।

त्यसैगरी अधिवेशनले सल्लाहकार समितिका संयोजक कृष्णचन्द्र भट्टराई सदस्य ज्ञानप्रसाद भट्टराई, तुलसीप्रसाद भट्टराईलाई चयन गरेको छ ।  भट्टराई कुलवंश प्रतिष्ठान जिल्ला कार्य समितिका सदस्य नन्दिकेशर भट्टराईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा स्वागत महेन्द्र भट्टराईले गरेका थिए भने कार्यक्रमको सञ्चालन कमल भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *