Sajhamanch Archive

आगोमा जलेर दुई बालिकासहित तीनको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

लहान । सिरहाको दुई छुट्टाछुट्टै ठाउँमा भएको शनिबार भएको आगालगीमा परेर दुई बालिका र एक वृद्धा गरी तीन जनाको मृत्यु भएको छ।

उदयपुरसँग सीमा जोडिएको सिरहाको धनगढीमाई नगरपालिका १४ अमिलटार गाउँमा शनिबार अपरान्ह करिब साढे ४ बजेतिर भएको आगलागीमा दुई बालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा कोही नभएको समयमा खेल्दाखेल्दै घरसँगै जोडिएको गोठमा रहेको घुरबाट आगलागी हुँदा भाग्न नभ्याएर दुवै बालिकाको जलेर मृत्यु भएको हुन सक्ने वडाध्यक्ष ठरेन्द्रबहादुर राइले बताए।

प्रहरीका अनुसार मृतक दुवै बालिकाको उमेर करिब पाँच/पाँच वर्ष रहेको छ। आगलागीमा परेर मृत्यु हुनेमा स्थानीय दीपक धमलाकी छोरी दिक्षा धमला र निते पोखरेलकी छोरी रीता पोखरेल रहेको इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीले जनाएको छ। घटनास्थल पुगेको प्रहरी टोलीले दुवै बालिकाको शव पोष्टमार्टमका लागि शनिबार साँझ लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए।

घटनाको जानकारी पाएलगत्तै धनगढीमाई नगर प्रमुखसहितको टोली शनिबार साँझ घटनास्थल पुगेको छ।  त्यस्तै, सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका ७ भेडियामा शनिबार बिहान भएको आगलागीमा परेर एक महिलाको जलेर मृत्यु भएको छ। घरमा सुतिरहेका बेला शनिबार बिहान घरमा आगलागी हुँदा ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *