Sajhamanch Archive

शिवसताक्षीको दूधेमा आगलागी, ७ लाखको क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । शिवसताक्षीको दूधेमा आगलागीबाट काठको दूईतले घर जलेर नष्ट भएको छ ।शिवसताक्षी ११ स्थित दूधे बजारमा आज दिउँसो १ः३० बजे घरमा आगलागी भएको हो ।

आगलागीबाट स्थानीय भगिरथ शिवकोटीको ७ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । शिवकोटीको घरमा शंकर ठाकुर र अम्मर भुजेल डेरा गरी बसेको घरधनी भगिरथ शिवाकोटीले बताए । डेरा गरी बस्ने ठाकुर र भुजेलको सम्पूर्ण समान जलेर नष्ट भएको छ ।

घरमा कोही नभएको बेला आगो लागेको स्थानीयबासीले जानकारी दिए । विजुली सर्ट भएर आगो लागेको प्रहरीको अनुमान छ । आगो स्थानीय बासी , प्रहरी र दमक नगरपालिकाको दमकले एक घण्टा पछि नियन्त्रणमा लिएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *