Sajhamanch Archive

दमकमा ७ दिवशीय आधारभुत पत्रकारिता तालिम शुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दमक । झापाको दमकमा पत्रकारिता आधारभुत तालिम आजबाट सुरु भएको छ । पत्रकार मञ्च दमकको आयोजना तथा दमक नगरपालिकाको आर्थिक सहयोगमा ७ दिवशीय आधारभुत पत्रकारिता तालिम शुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले पत्रकार भनेका समाजका आँखा हुन् । समाज भित्ररहेका सकारात्मक कुरालाई सन्देशको रुपमा आम जनतालाई सुचित गराउने काम पत्रकार भएको बताए । पछिल्लो समय नकारात्मक कुराले समाजलाई ठुलो असर पारेको भन्दै मेयर ओलीले त्यस्ता कुरा बुझेर मात्र समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने बताए ।

कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष पशुपतिराज गौतम, संङ्गघीय प्रेस फोरम प्रदेश नम्बर १ का अध्यक्ष फिफराज वेघा, संङ्गघीय प्रेस फोरमका केन्द्रिय सचिव कमन देवान, पत्रकार महासंघ प्रदेश नम्बर १ का सदस्य विमल लामिछाने लगायतले तालिम सफलताको शुभकमना दिएका थिए ।

तालिममा दमक नगरपालिका आसपासका २४ जनाले सहभागीता जनाएका छन् । तालिममा फिचर लेखन, फिचरको महत्व, मिडिया र सामाजिक सन्जाल, फोटो र फोटोको महत्व, प्रेस कानुन, समसामयिक ऐन लगायतका विषयमा रहने बताइएको छ । तालिमकमा डिकेस लामा, गोपाल झापाली, तिर्थ सिग्देल, विष्णु सुब्बा, विमल लामिछाने लगायतका पत्रकारले सहजीकरण गर्ने मञ्चले जनाएको छ ।
पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमकमका अतिथि लगायत सहभागीलाई सह सचिव उमानाथ भण्डारीले साब्दिक शब्दले स्वागत गरेका थिए भने सचिव देशराज नेम्वाङ्गले सन्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *