Sajhamanch Archive

विश्व क्षयरोग दिवसको अवसर पारेर खकार परिक्षण सुरु

Published: (Updated: ) in स्वास्थ्य by .

भद्रपुर । विश्व क्षयरोग दिवसको अवसर पारेर नेपाल क्षयरोग निवारण संस्था झापाले भद्रपुरबाट खकार परिक्षण सुरू गरेको छ । संस्थाले क्षयरोगीको पहिचान गरी उपचार मार्फत रोग निवारण गर्ने उद्देश्य राखेर खकार परिक्षण सुरू गरेको हो ।

संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा रेडक्रस भद्रपुरका सभापति गोपाल गिरीको प्रमुख आतिथ्यमा भद्रपुर ८ स्थित चन्द्रगढी विमान स्थल दक्षिण रहेको बस्तीमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वडा नम्बर ८ की वडा सदस्य भगवती बस्नेत, रेडक्रसकमीृ केदार महत लगायतले शुभकामना मन्तव्य राखेका  थिए भने दर्जनौं व्यक्तिको खकारको नमुना संकलन गरी परिक्षण गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *