Sajhamanch Archive

विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ ।  सरकारले नेत्र विक्रम चन्द समूहप्रति आक्रामक नीति लिएको छ । विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ गर्ने क्रमलाई पछिल्लो समयमा निरन्तरता दिएको छ ।

सरकारले विप्लव समूहका नामले चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गर्नेलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

विप्लव समूहले चन्दा माग्ने क्रमलाई निरन्तरता दिएको भन्दै सरकारले प्रतिबन्ध लगाएको उक्त समूहलाई चन्दा दिने पनि कारबाहीको भागिदार हुने चेतावनी दिएको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले विप्लव समूहका आपराधिक तथा विध्वंशात्मक क्रियाकलापमा प्रत्यक्ष र परोक्ष रुपमा आर्थिक तथा अन्य सहयोग गर्नेहरुलाई पनि कारबाही गर्ने उल्लेख गरेको छ ।नेपाल समाचारपत्र बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *