Sajhamanch Archive

‘दाल भात तरकारी’ अष्ट्रेलियामा महंगो रकममा विक्री

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

आउँदो बर्षको वैशाख २० गतेबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को विदेश माग पनि निकै छ । तर, यसको निर्माणपक्षले चलचित्रलाई ओभरसिजमा विक्री गर्न केही समय लगाएको थियो । अब, भने चलचित्रको ओभरसिज राइट्स विक्री सुरु भएको छ ।

निर्माता किरण केसीका अनुसार अष्ट्रेलियामा चलचित्र निकै महंगो रकममा विक्री भएको छ । किरणले दिएको जानकारी अनुसार, चलचित्रलाई अष्ट्रेलियामा ४५ लाखमा खरिद गरिएको छ । अष्ट्रेलियामा रहँदै आएका विपिन बस्नेत र लाुर्क लामाले चलचित्रलाई महंगो रकममा किनेका हुन् । यस्तै, अन्य देशबाट पनि चलचित्रका लागि माग आएको किरणले बताए । २ वटा गीत सार्वजनिक भएपछि चलचित्रको माग अझै बढेको छ ।

चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *