Sajhamanch Archive

के चल्लछन् त विकिनीधारी प्रस्तुती ?

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं । नेपाली फिल्ममा अहिले अधिक मात्रामा विकिनी प्रस्तुती दिन थालिएको छ । फिल्मलाई ग्ल्यामर देखाउनका लागि अभिनेत्रीहरूले यसलाई सहज मान्न थालेका छन् । कतिपयले त विकिनीकै लागि ‘विकिनी वडी’का नाममा जिम हल पनि धाउन थालेका छन् ।

अभिनेत्री वर्षा सिवाकोटी, केकी अधिकारी, सृष्टि श्रेष्ठलगायतले आफ्नो शरीरलाई विकिनी मैत्री बनाएको भनेका पनि छन् । अहिले फिल्म प्रचारप्रसारको शैली पनि विकिनीधारी युवतीलाई ल्याएर गराउन थालिएको छ । अभिनेता विनय श्रेष्ठले रोमियो र मुना नामको फिल्मको गीत सार्वजनिक गर्ने कार्यक्रममा दुईजना विकिनीधारी युवतीसँगै नाचेका पनि थिए । जसको आलोचना भयो । तर, फिल्मकर्मी यसलाई नयाँ प्रयोग पनि भन्छन् ।

उक्त फिल्ममा यस्ता धेरै दृश्यलाई पनि राखिएको बताइन्छ । त्यसो त आजको पुस्ताले मात्र होइन, केही अघिसम्म नेपाली फिल्ममा व्यस्त भएका धेरै अभिनेत्रीले विकिनीलाई सहज लिने गरेका छन् । अनमोल केसी अभिनित ‘कृ’की अभिनेत्री अदिती बुढाथोकी हुन् वा केही समयअघि फिल्म क्षेत्र छाडेर विदेशमा रमाएकी रुपा उपाध्याय ।

सृष्टि श्रेष्ठले पनि केही म्युजिक भिडियोमा विकिनीलाई सहज स्वीकार गरेकी छन् । नेपाली फिल्ममा भने अहिले नै विकिनी दृश्य विकाउन सजिलो नभएको बताउँछन् कतिपय निर्देशक । ‘विकिनी भन्दा पनि आपत्ति हुनसक्ने दृश्य राखियो, फिल्म बनाइयो, त्यस्ता अभिनेत्री पनि राखियो । तर फिल्म चलेनन्’, एकजना निर्देशक भन्छन्,‘अर्चना पनेरुको विकिनी चल्यो त ?’

सामाजिक सञ्जाल, म्युजिक भिडियो, छोटा फिल्ममा चले पनि फिचर फिल्ममा विकिनीको अर्थपूर्ण प्रस्तुत गराइनुपर्ने हुन्छ । तर नेपाली फिल्ममा पात्र हेरेर विकिनी दिइने गरिएको छ । ‘कतिपय अभिनेत्रीले लगाउन मान्दैनन् तर जसले लगाउँछन् उनले अभिनय र दृश्यको न्याय गर्न जान्दैनन्’, ति निर्देशकले भने,‘फिचर फिल्मका लागि यस्ता दृश्यमा कतिपयले आपत्ति पनि जनाउने गरेका छन् ।’

विश्वका चलेका फिल्मकर्मीले विकिनीलाई सहज लिने गरेका छन् । यस्ता दृश्य पनि दिने गरेका छन् । तर कथाले मागेको आधारमा त्यसरी ठूला सेलिब्रिटीका दृश्य आए पनि नेपाली समाजमा अहिले नै यसलाई स्वीकार गरिहाल्ने अवस्था नआएको बताउँछन् कतिपय फिल्मकर्मी ।

के हो विकिनी ?

महिलाले नुहाउँदा लगाउने दुई पिसलाई विकिनी भनिन्छ । महिलाको छाती र हिप छोप्नेगरी बनाइएको कपडा पनि भनिन्छ ।
फेसन डिजाइनर ज्याकुज हेइमले प्राmन्सको पेरिसमा सन् १९४६ मा यस्तो कपडा निकालेका थिए । त्यसबेला महिलाका लागि तयार पारिएको यो पहिरन विवादमा पनि आएको थियो ।

तर पछि फिल्मस्टार ब्रिगिटी बार्डोट, राक्युल वेल्च, युर्सुला एन्ड्रेसलगायतले यो पहिरनको प्रयोग बढाउन थालेपछि खुला समाज भएका देशमा व्यापकता पायो । खासगरी सेलिब्रिटीहरू नै यस्ता पहिरनमा पर्दामा देखिने गरेका छन् ।

यसको प्रयोग क्यासिनो दी पेरिसमा नग्न नाच्ने महिलाहरूले बढि गरेका थिए । २० औं शताव्दिदेखि यसको प्रयोग बढेको विभिन्न एजेन्सीहरूले उल्लेख गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *