Sajhamanch Archive

बराबरी खेलेर फ्रान्स र डेनमार्क नकआउट चरणमा

Published: in खेलकुद by .

विश्वकप को समूह सी मा रहेका फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन्। यी दुई टीमले समूह चरणको अन्तिम खेलमा गोलरहित बराबरी खेलेर अन्तिम १६ मा प्रवेश गरेका हुन्।

यो समूहमा फ्रान्सको यसअघि नै ६ अंक थियो भने डेनमार्कको ४ अंक थियो। फ्रान्सलाई अघिल्लो चरण पुग्न सहज भएपनि डेनमार्कलाई कम्तिमा बराबरी खेल्नुपर्ने बाध्यता थियो। र नतिजा पनि त्यस्तै आएको छ।

यसमा फ्रान्स समूहको विजेता भएर अन्तिम १६ मा पुगेको छ भने डेनमार्क उपविजेता भएर। यी दुई देशले नकआउट चरणमा समूह डी को विजेता र उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। समूह डी को अन्तिम खेल आजै हुन लागेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *