Sajhamanch Archive

प्रधानमन्त्री ओलीको दुई दिन कार्यकर्तालाई

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद, आफ्नो पार्टीका कार्यकर्ता तथा संघीय संसदमा प्रतिनिधित्वका लागि समय तालिका निर्धारण गरेका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयले हरेक शुक्रबार प्रदेश सांसदलाई भेट गर्ने, प्रतिनिधिसभा तथा राष्ट्रियसभामा सहभागिता जनाउने तथा महिनामा दुई दिन कार्यकर्तासँग भेटघाट गर्नेगरी समयतालिका निर्धारण गरेको  छ।

ओलीलाई अब कार्यकर्ताले महिनाको १ र १५ गते मात्र भेट्न पाउनेछन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा हरेक महिनाको १ र १५ गते दिउँसो १ बजेसम्म प्रधानमन्त्रीले कार्यकर्तालाई दिनेछन्। कार्यकर्ता र प्रधानमन्त्रीबीचको भेटघाट पेरिसडाँडास्थित पार्टी कार्यालयमा हुनेछ। राजधानी दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *