Sajhamanch Archive

सवारीको गति कम गर्न र्याडर गनको प्रयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले सडकमा दुर्घटना बढेसँगै राजमार्गमा सवारी चेकजाँचलाई तिव्रता दिएको छ ।

बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कमल गाउँपालिका ३ स्थित शहिद गेटमा र्याडर गन प्रयोग गरी सवारीको गति मापन गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

सडकमा अत्याधिक गतिका कारण धेरै दुर्घटना हुने गरेकोले त्यसलाई न्युनिकरण गर्न र्याडर गनको सहायताबाट सवारीको गति मापन गरी तोकिएको मापदण्ड भन्दा बढीगतिमा सवारी चलाउने सवारी चालकलाई कार्वाही समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरिक्षक राजेश राईले जानकारी दिए ।

पूर्व पश्चिम सडक खण्ड अन्तरगत झापा जिल्लाको दमकदेखि माईघारसम्मको क्षेत्रमा बढी दुर्घटना हुने भएकोले सो क्षेत्रमा सवारी चेकजाँचलाई तिव्रता दिएको निरिक्षक राईले बताए ।

अत्याधिक गातिका कारण दुर्घटनाका कारण धेरैले ज्यान गुमाउनु परेकाले र्याडर गनको सहायताले सावारी चालकलाई सचेत गराउने भएकाले स्वत दुर्घटना न्युनिकरण हुने राईले बताए ।

चेकजाँचका क्रममा अत्याधिक गतिमा सवारी चलाउने १० ओटा बस,८ कार, जिप र ६ ओटा मोटरसाइकलाई कार्वाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कार्वाही गरिएका सवारी साधानबाट १४ हजार भन्दा बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

झापा यस आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ९४ जना पुगेको छ । गत वर्षको तुलनामा सवारी दुर्घटनाको सख्या कम भएपनि मृत्युहुनेको सख्यामा भने वृद्धि भएको निरिक्षक राजेश राईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *