Sajhamanch Archive

लिटल स्टारमा ट्राफिक सचेतना कार्यक्रम

Published: (Updated: ) in समाज by .

बुद्धशान्ति । झापाको बुद्धशान्ति ३ स्थित लिटल स्टार बोर्डिङ्ग रुकुलमा एक दिने ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक कार्यालय झापाको प्राबिधिक सहयोग तथा अस्र्फोट एकाडेमी सेन्टरको सहकार्यमा आयाजित कार्यक्रममा १ सय ५ जना बिद्यार्थीको सहभागिता रहेको थियो । बिद्यालयका संस्थापक प्रिन्सिपल गंगाप्रसाद निरौलाको अध्यक्षता रहेको तालिममा कर्णाली एजुकेशन फाउन्डेशनका संस्थापक प्रिन्सिपल छत्र कार्कीले बिद्यार्थीहरुलाई किताबी ज्ञानमात्र नभएर व्यबहारिक ज्ञान दिन आवश्यक रहेको बताए ।

यस्तै प्रधानाध्यापक निरौलाले बिद्यार्थीहरुलाई बाताबरण सुहाउँदो तथा परिस्थितिलाई आफु अनुकुल बनाउन सबै खाले शिक्षा दिन आवश्यक रहेको बताउदै, यस्ता कार्यक्रमहरुलाई आफुले सकेसम्म सहयोग गर्न तयार रहेको बताए ।

प्रिन्सीपल सरोज घिमिरेले स्वागत गरेको कार्यक्रममा इलाका ट्राफिक कार्यालय सुरुङगाका प्रहरी सहायक निरिक्षक टोप बहादुर खत्री, इलाका ट्राफिक इन्चार्ज बुधबारेका चन्द्रबहादुर राउत, प्रहरी जवान बोधेन्द्र याङदार तथा संचारकर्मी सरोज पौडेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा संचारकर्मी मदन संग्रौला, शिक्षक अनिल निरौला, अकस्र्फोड एकाडेमीका प्रबन्धक निर्देशक केशब मैनाली लगायतको उपस्थित रहेको थियो । पछिलो समय दुर्घटना बृद्धि भएसंगै दुर्घटना न्युनिकरण गर्ने उदेश्यले तालिम आयोजना गरिएको शिक्षक निरौलाले बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *