Sajhamanch Archive

भद्रपुरमा कम्युटर प्रशिक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

भद्रपुर । भद्रपुर ८ स्थित सिएसई कम्प्युटर प्रशिक्षण केन्द्रले पिछडा वर्ग लक्षित कार्यक्रम अन्र्तगत ४५ दिने कम्प्युटर तालिम सम्पन्न गरेको छ ।

संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय मातहतमा रहेको पिछडा वर्ग उत्थान समिति ज्वागल ललितपुरको आर्थिक सहयोगमा पिछडा वर्गका २६ जना युवायुवतीलाई निःशुल्क रूपमा ४५ दिने तालिम दिएको हो ।

सिएसई कम्प्युटर प्रशिक्षण केन्द्र भद्रपुरका सञ्चालक दिपकुमार लिम्बुको अध्यक्षता तथा भद्रपुर नगरपालिका ८ नम्वर वडा सदस्य निमलाल राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा रहेका पिछडा वर्ग उत्थान समिति ज्वागल ललितपुरका शाखा अधिकृत कमलप्रसाद दाहाल रहेका थिए । प्रशिक्षार्थी चाँदनी पण्डित लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *