Sajhamanch Archive

झापा कारागारमा एक वृद्धको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । झापा कारागारमा जेल जीवन बिताइरहेका एकजना वृद्ध कैदीबन्दीको बुधवार दिउँसो मृत्यु भएको छ।
मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका-७ निवासी ७२ वर्षीय जीतबहादुर राणामगर भन्ने (भोटांगे) रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमा बस्नेतले जानकारी दिए।
उनका अनुसार टिभी तथा क्षयरोगबाट ग्रसित राणामगरको उपचारको क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको हो। मृतक राणामगर २०७४ साल असार २७ गतेदेखि जबरजस्ती करण मुद्दामा जेल जीवन बिताइरहेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *