Sajhamanch Archive

ब्राजिल समूह विजेता र स्वीजरल्यान्ड उपविजेता, नकआउट चरण प्रवेश

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । विश्वकप फुटबलमा ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन्।

समूह ई को अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्‍यो भने र स्वीजरल्यान्डले कोस्टारिकासँग बराबरी खेल्दै नकआउट चरणमा स्थान पक्का गर्‍यो। ब्राजिल समूहमा एक खेल बराबरी र दुई खेलमा विजय हासिल गर्दै ७ अंक जोडेर समूह विजेता बन्यो भने स्वीजरल्यान्ड एक खेलमा विजय र दुई खेलमा बराबरी खेलेर ५ अंक जोड्दै समूहको उपविजेता बनेर नकआउट चरण प्रवेश गर्‍यो।

ब्राजिलले सर्बियालाई २-० ले पराजित गरेको हो। ब्राजिलका लागि पाउलिन्होले ३६औँ मिनेटमा गोल गरेर अग्रता लिएका थिए। उक्त अग्रतालाई थियागो सिल्भाले ६८ औँ मिनेटमा दोब्बर बनाए। ब्राजिलका पाउलिन्हो म्यान अफ द म्याच भएका थिए। यता स्वीजरल्यान्ड र कोस्टारिकाको खेल २-२ को बराबरीमा टुंगिएको छ।

स्वीजरल्यान्डका लागि ब्लेरिम डिजेमालीले ३१ औँ र जोसेफ ड्रिमिकले ८८औँ मिनेटमा गोल गरेका थिए। कोस्टारिकाका केन्डल वास्टनले ५६ औँ मिनेटमा गोल गर्दा अर्को गोल आत्मघातीका रुपमा उपहार पायो। स्वीजरल्यान्डका गोलकिपर यान सोमिरले खेलको अन्तिम समयमा आत्मघाती गोल गरेका थिए। डिजेमाली खेलको म्यान अफ द म्याच घोषित भए। नकआउट चरणमा ब्राजिलले समूह एफको उपविजेता मेक्सिको र स्वीजरल्यान्डले समूह एफको विजेता स्वीडेनको सामना गर्ने भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *