Sajhamanch Archive

प्रधानमन्त्री उद्धार कोषमा ४ अर्ब १६ करोड, विपद् केलाई भन्ने ?

Published: in राष्ट्रिय समाचार by .

पहिरो र बाढीलगायत विपद्‌मा परेर ज्यान गुमाउने व्यक्तिलाई राहत दिन र उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब १६ करोड रुपैयाँ जम्मा भएको छ । अर्थ मन्त्रालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दुई अर्ब रुपैयाँ निकासा दिएपछि कोषमा त्यति रकम जम्मा भएको हो ।

त्यसअघि कोषमा २ अर्ब १६ करोड रुपैयाँ थियो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुुसार कोषले दैवी प्रकोपका घटनामा आर्थिक सहायता दिन तथा प्रकोपमा परेका व्यक्तिको उद्धारका लागि सोही कोषबाट गृह मन्त्रालयलाई रकम उपलब्ध गराउने छ ।,
विपद् केलाई भन्ने ?

– महामारी, भूकम्प, पहिरो, बाढी, आगलागी, चट्याङ, शीतलहर, हिमपात, हिमपहिरो, आँधी, असिना पानी, हिमताल विस्फोट आदि

विपदको आँकडा

– हरेक वर्ष ५ सय बढी घटना

– हरेक वर्ष ९ सय जनाले ज्यान गुमाउने

– हरेक वर्ष ६ लाख ४० हजार व्यक्ति प्रभावित

– हरेक वर्ष ३० हजार घर क्षति/नोक्सान

– ४५ वर्षमा ४० हजारको ज्यान गयो

– नेपाल बाढी र पहिरोको हिसाबले ३० औं जोखिम मुलुकमा

–१९७१ देखि २०१५ सम्म पहिरोमा परेर ४,८३२ को ज्यान गयो

–१९७१ देखि २०१५ सम्म बाढीमा परेर ४,३४४ को ज्यान गयो

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *