Sajhamanch Archive

कोरियामा १० वर्षमा १०७ नेपालीको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीमध्ये प्रत्येक वर्ष नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ।
पछिल्लो एक दशकमा ८८ जनाको मृत्यु भएको र १९ जनाले आत्महत्या गरेको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ। ईपीएस शाखाका अनुसार सन् २०१८ को जुनसम्म मात्रै रोजगारीका लागि कोरिया पुगेका छ कामदारको मृत्यु भएको छ।
जसमा एक जनाले आत्महत्या गरेको शाखाको रिपोर्टमा उल्लेख भएको छ। नेपाल र कोरिया सरकारबीच सन् २००७ मा भएको दुई पक्षीय श्रम सम्झौतापछि सन् २००८ देखि ईपीएस भाषा परीक्षा पास गरेर नेपाली कामदार रोजगारीमा कोरिया जान थालेका हुन्। यो खबर आजको अन्नपूर्णमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *