Sajhamanch Archive

महिलालाई निवस्त्र पारेर कुट्ने दुई महिललाई ६ महिना कैद

Published: in राष्ट्रिय समाचार by .

दाङ । ‘निवस्त्र’ पारेर सार्वजनिक स्थलमा एक महिलामाथि निर्घात कुटपिट गर्ने दुई महिलालाई ६ महिना कैद हुने भएको छ । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुनलाई दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी (जेठानी दिदी बहिनी) ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ताले जग्गा बेच्दिन भन्दा ‘निवस्त्र’ पारेर सार्वजनिक रूपमै निर्घात कुटपिट गरेका थिए ।

जेठ २५ गते दिउँसो दिलमाया पुन भालुवाङस्थित आफ्नो जग्गा (घडेरी) हेर्न आएको समयमा बलजफती घडेरी बेच्न भन्दै गुप्ताका जेठानी दिदी बहिनीले ‘निवस्त्र’ पारेर अमानवीय तरिकाले सार्वजनिक रूपमै कुटपिट गरेका थिए ।

घटना भएकै दिन प्रहरीले सामान्य झगडा भन्दै मिलापत्र गराई दिएर छोडेको भए पनि एउटा महिलामाथि दुई जना महिलाले ‘निवस्त्र’ पार्दै अमानवीय ढंगले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्रै प्रहरीले जेठ २७ गते पिडक गुप्ताद्वयलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले ‘निवस्त्र’ पारेर एउटी महिलालाई सार्वजनिक रूपमा कुटपिट गर्ने गुप्ताद्वयलाई ६ महिना कैद, जनही २५/२५ हजार जरिवाना र ७ हजार ८ सय २० रुपैयाँ उपचार खर्च भराउने निर्णय गरेको छ ।

कुटपिटमा संलग्न गुप्ताद्वयलाई दुई पटक गरी १८ दिन थुनामा राखेर अनुसन्धान र सोधपुछ पछि उनीहरूको कसुरका आधारमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ६ महिना कैद गर्ने निर्णय गर्न आदेश दिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *