ट्रकको ठक्करबाट मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु
Published:
by .
सर्लाही । सर्लाहीको हरिवन नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा आज मध्यान्ह ट्रकको ठक्करबाट मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको ना. ५६ प १०४८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना५ख ६०१४ नम्बरको ट्रकसँग ठोकिँदा बरहथवा नगरपालिका–४ का १९ वर्षीय विक्रम दास कथवनिया र सोही ठाउँका २९ वर्षीय मनोजकुमार दासको मृत्यु भएको हो।
ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते विक्रमको स्थानीय नमूना अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो भने मनोजको थप उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा हेटौंडा पुगेपछि मृत्यु भएको हो।
मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको छ भने ट्रकका चालक भने फरार रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
Comments