Sajhamanch Archive

प्रधानमन्त्री किन रिसाए अाफ्नै दलका नेतासँग?

Published: in समाज by .

काठमाडौं । संसदीय दलको नेताको हैसियतले आफूलाई जानकारी नदिई आफ्नै सांसदको प्रस्तावमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाएका छन्।
नेकपाका सांसद खगराज अधिकारीले २०७५ ७६ का योजना सम्पन्न गर्नुपर्ने भन्दै दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको प्रसतावमाथि बिहीबार प्रतिनिधिसभामा छलफल गराएकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ। मन्त्रालयगत बजेटमाथि मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेका वेला बिहीबार एकाएक सांसद अधिकारी प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गराइएको थियो।
प्रस्तावमाथि छलफल चलिरहँदा दिउँसो साढे १ बजे ओली संसद् भवन पुगेका थिए। यनले सभामुख कृष्णबहादुर महरा र नेकपाका नेताहरूसँग छलफल गरेका थिए। ‘संसदीय दलको नेता म हुँ, मलाई जानकारी नै नदिई कसरी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भयो?’ भन्दै उनले असन्तुष्टि जनाएको छलफलमा सहभागी एक सांसदले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *