Sajhamanch Archive

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर

Published: in राष्ट्रिय समाचार by .

सुनसरी ।  भोक्राहा गाउँपालिका–१ मा शुक्रबार राति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँका ५५ वर्षीय रामवृक्ष मुखिया रहेको प्रहरीले जानकारी दिएको छ। को ३३ प ४२५ नम्बरको मोटरसाइकलले ठक्करबाट गम्भीर घाइते मुखियाको शुक्रबार राति ९ बजे उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो।
यस्तै, हरिनगरा गाउँपालिका–४ हरिनगरा बजारमा मोटरसाइकलले ठक्करबाट १० वर्षीय बालक घाइते भएका छन्। अल्फाबेट नखुलेको ८३२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएर सोही ठाउँका भुलेश्वर मेहेता गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। घाइते बालकको गोल्डेन अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *