Sajhamanch Archive

‘नेपालमा करिब ८० हजार मानिसमा बिर्सनेरोगको समस्या’

Published: in स्वास्थ्य by .

काठमाडौं । नेपालमा करिब ८० हजार मानिसमा अल्जाइमर्स अर्थात् बिर्सनेरोगको समस्या रहेको चिकित्सकहरुले बताएका छन् ।

अलजाइमर्स र डिमेन्सिया रोगकाबारेमा जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा नेपालमा अल्जाइमर्सको समस्या दिनानुदिन बढ्दै गएको चिकित्सकहरुले बताए ।

नेपाल सरकारले अल्जाइमर्स भएका बिरामीलाई एक लाख रुपैयाँसम्मको उपचार खर्च प्रदान गर्ने जनाएपनि हालसम्म ९ जनालेमात्र यो सुविधा लिएको पनि चिकित्सकहरुले बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका उपस्वास्थ्य प्रशासक डा. रामराज पन्थीले अल्जाइमर्स भएका बिरामीका परिवारहरु आफैं खुलेर आउन नसकेकाका कारणले सरकारले दिने सेवाबाट बन्चित भएको बताए ।

कार्यक्रममा अल्जाइमर्स र डिमेन्सिया रोगसम्बन्धी फिल्म प्रदर्शन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *