Sajhamanch Archive

भिषण वर्षाको सम्भावना, सतर्क रहन अपिल

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । जल तथा मौसम पूर्वामानुमान महाशाखाले असार १८ गतेसम्म देशका विभिन्न भागमा मध्यम तथा भिषण वर्षा हुन सक्ने जनाएको छ।

‘मनसुन सक्रिय भएकाले देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्का देखि मध्यम र एक दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ, भने मध्य र आसपासका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा भनिएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले शनिबार विहानै अर्को सूचना जारी गर्दै सतर्क रहन अपिल गरेको छ। वागमती, रिउ खोला, मेची, बक्राह, कन्काई, कमला, खाडो, रातु, गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुको बहाव खतराको तहसम्म पुग्ने अनुमान केन्द्रले गरेको छ।

आइतबारसम्ममा चुरे र महाभारतबाट बग्ने नदीको बहाव खतराको संकेत भन्दा माथि जाने अनुमान गरिएको छ। केन्द्रले सोमबार सम्म उच्चतम सतर्कता अपनाउन अनुरोध गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *