Sajhamanch Archive

कानून उल्लघन गर्दै डाक्टर केसी धर्नामा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

जुम्ला । डाक्टर गोविन्द केसी कानूनी उल्लघन गर्दै आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्नामा बसेका छन् ।

१५ औँ अनसनस्थलका रुपमा  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल रोजेका डाक्टर गोविन्द केसीलाई २०० मिटर वर नै सुरक्षाकर्मीले रोक्न खोजेपछि प्रशासन अगाडि नै धर्नामा बसेका हुन् ।

डाक्टर केसी प्रशासनले  तोकेको निषेधित क्षेत्र तोडेर धर्नामा बसेका हुन्।

शान्तिपूर्ण रुपमा विरोध गर्न पाउनु आफ्नो अधिकार भएको भन्दै आफूलाई प्रतिष्ठानमा अनसन बस्न नदिएसम्म धर्नामा बस्ने डाक्टर केसीले जिकिर गरे ।

जिल्ला प्रशासन कार्यालय परिसरमा अहिले केसीका समर्थकहरु हातमा प्लेकार्ड लिएर बसिरहेका छन् ।

साथै सुरक्षाकर्मीले माइकिङ गर्दै धर्ना छाड्न आग्रह गरिरहेको उज्यालो अनलाइनमा खबरछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *