मृगौला पिडित केशवलाई सहयोग प्रदान
Published:
by .
कमल । मृगौला पिडित एक युवालाई मंगलबार एक कार्यक्रमका बीच मोडल क्याम्पस साहित्यिक मञ्चको अगुवाईमा आर्थिक सहयोग प्रदान गरिएको छ ।
मृगौला पिडित केशव सारुको उपचारमा सहज होस भनेर क्याम्पसका शिक्षक, विद्यार्थीबाट संकलन भएको १२ हजार ५०० रुपैया विरामी मामा खड्ग पाण्डेलाई मोडल क्याम्पस साहित्यिक मञ्चका अध्यक्ष जितेन साङ्घपाङ्घले प्रदान गरेका थिए ।
क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका सारुको आर्थिक अवस्था कमजोर रहेको छ । हाल उनको काठमाडौमा उपचार भैरहेको छ ।
सहयोग रकमबाट थोरै भएपनि उपचारमा राहात पुग्ने क्याम्पसकाले जनाएको छ । रकम हस्तान्तरण कार्यक्रममा क्याम्पसका संस्थापक कुमार बुढाथोकी, क्याम्पस प्रमुख कृष्ण तिम्सिना, शिक्षक भोला राजवंशी र विजय धिमाल लगायतको उपस्थिति रहेको थियो ।
Comments