Sajhamanch Archive

केकीलाई असार १५

Published: in फोटो by .

अभिनेत्री केकी अधिकारी समय एवं मौसमअनुसार चल्न सिपालु छिन् । विश्वकप प्रारम्भ हुनै लाग्दा अर्जेन्टिनाको जर्सी लगाएर फोटो सेसन गर्न पछि नपर्ने केकी पछिल्लो समय म्युजिकल्लीमा समेत सक्रिय हुन थालेकी छिन् ।यसबीच केकीले कृषकहरूका लागि विशेष महत्व राख्ने ‘असार १५’ को थिममा अभिनय गर्ने रहर समेत पूरा गरेकी छिन् ।

चलचित्र कोहलपुर एक्सप्रेस निर्देशन गरिसकेका विशाल भण्डारीले यसपटक केकीलाई असार १५ को छेको पारेर हिलोमा चोपलेका छन् । हरियो/पहेंलो रंगको गुन्हुचोली र फरियामा केकी सुन्दर पनि देखिएकी छिन् ।

गोकर्ण नजिककैको उत्तर बाहिनी मन्दिर छेउमा छायांकन गरिएको गायक मोहन केसीको ‘सिरैको सिरबन्दी’ गीतको म्युजिक भिडियोका लागि केकीले असार १५ मनाउँदै हिलाम्ये खेतमा रोपाइँ गरेकी हुन् । भिडियोमा केकीलाई अभिनेता जीवन भट्टराईले साथ दिएका छन् । उक्त भिडियो यही साता सार्वजनिक हुँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *