Sajhamanch Archive

वर्षाको ब्राजिल मोह

Published: (Updated: ) in फोटो by .

२०१८ को रसियामा भइरहेको विश्वकपको रौनकताले पुरा विश्व डुबेको छ । जुन रौनकता नेपाली सिनेबृतमा पनि देख्न सकिन्छ । चलचित्रकर्मीहरु आफूलाई मन पर्ने टिमलाई खुलेर नै सर्पोट गरिरहेका छन् ।

जस मध्य नायिका वर्षा राउत पनि विश्वकपको मज्जा लिइरहेकी छिन् । उनको सर्पोट ब्राजिल हो । सन् २०१० बाट विश्वकप हेर्ने थालेकी वर्षालाई सुरुवाती दिनमा ब्राजिलको टिसर्टको रङ्ग मन परेको थियो रे ।

त्यसपश्चात् उनले ब्राजिललाई सर्पोट गर्न थालिन् ।  ‘खासै फुटबलको बारेमा जानकार थिइन् । ब्राजिलको टिर्सट राम्रो लाग्थ्यो ।’ सो समय वर्षा ब्राजिलको खेलाडी काकाको फ्यान भएको बताउँछिन् ।  समय अभावको कारण गेम हेर्न नपाएको बताउने वर्षा समय मिलेको बेला प्राय गेमहरू हेरेको बताउँछिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *