Sajhamanch Archive

अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै प्रर्दशन गर्ने माइतीघरबाट १० जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

काठमाडाैं।  अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने विवेकशील साझा पार्टीका संयोजक उज्वल थापासहित १० जना पक्राउ परेका छन् ।

सरकारले विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा सम्मेलन तथा प्रर्दशन गर्नबाट रोक लगाएपछि त्यसको विरोधमा आज माइतीघर मण्डलामा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले संयोजक थापासहित १० जनालाई पक्राउ गरेको हो ।

उनीहरुले अभिव्यक्ति स्वन्त्रताको रक्षा गर, नागरिक अधिकार जिन्दावाद भन्दै नारा लगाउन सुरु गर्नेबित्तिकै प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कार्यकर्तालाई पक्राउ गरेपछि विवेकशील साझाका अर्का संयोजक रवीन्द्र मिश्रले शान्तिपूर्ण प्रर्दशनमा गर्न रोक लगाएर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउनुभयो ।

उहाँले सरकारले निर्णय फिर्ता नगरे माइतीघर मण्डलालाई नै केन्द्रमा राखेर सरकारको विरोध गर्ने चेतावनी दिनुभयो ।

सरकारले २०७४ चैत ३० गते काठमाडौँको माइतीघर मण्डला, शान्ति बाटिका लगायत ठाउँमा सभा, सम्मेलन, भेला, जुलुस, प्रर्दशन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो ।  उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *