मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किंदा एक जनाको ज्यान गयो
Published:
by .
काठमाडौं । भक्तपुरको नयाँठिमी चारदोबाटोमा मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किंदा आज एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यपुर ठिमी नं. ५ कमेरेटारका २२ वर्षीय राजेश गोजा रहेका छन् । गोजाको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।
स्कुटी चालक भक्तपुर नगरपालिका वडा नं.५ तौमढीका ३१ वर्षीय प्रबिण लोहला घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
विहान साढे १० बजेको समयमा काठमाडौं तर्फ जाँदै गरेको बा ७३ प ९७२१ नम्वरको मोटरसाइकल र कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोट तर्फ जाँदै गरेको बा ६७ प ६७५४ नम्वरको स्कुटी नयाँठिमी चारदोबाटोमा एक आपसमा ठोकिएर दुर्घटना भएको थियो ।
Comments