Sajhamanch Archive

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आजै पारित गर्ने संघीय संसदको तयारी

Published: (Updated: ) in समाज by .

काठमाडाै‌ं । सरकारले आइतबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ।

गत शुक्रवार संघीय संसद सचिवालयमा दर्ता गराएको सो विधेयक सरकारले आइतबार प्रतिनिधिसभामा प्रस्तुत गर्दैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले आइतबारको बैठकमा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५० को उपनियम एक मा कुनै पनि विधेयकमाथि संशोधन दर्ताको समय ७२ घण्टा हुने उल्लेख छ। त्यस्तै आइतबारकै बैठकमा प्रतिनिधिसभा नियमावली मिच्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका मुख्य सचेतक देव गुरुङले सो नियमावली निलम्बनको प्रस्ताव समेत बैठकमा प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। ७२ घण्टाको समयसीमा हटाउदै सरकारले एक दुई दिन भित्रै विधेयक पारितको प्रक्रिया अगाडि बढाएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *