जनताका आधारभुत समस्याहरु समाधान गर्ने तर्फ लागेका छौः सांसद दर्लामी
Published: (Updated: )
by .
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ हल्दीबारी फाल्गुनन्द चौकमा नव निर्मित सभाहलको शनिबार उद्घाटन गरिएको छ ।
वडा नं. ६ किरात हाङ्गसान माङ्गहीम मिन्दर परिसरमा निर्मित भवनको प्रदेश सांसद झलकसिं दर्लामीले उद्घाटन गरेका हुन् । भवन उद्घाटनका क्रममा बोल्दै संसाद दलार्मीले बिकास निर्माणका कार्यहरुलाई तिब्रता दिदै ५ बर्ष भित्रमा गाउँ गाउँका आधारभुत समस्याहरु समाधान गर्ने तर्फ लागेको जानकारी दिए । उनले अेघिल्लो वर्ष हामीले स– साना योजनाहरु सम्पन्न गरेका छौ अब केही ठूला र दीर्घकालिन योजनाहरुमा लागेको बताए ।
सभाहल गत आर्थिक बर्षमा स्थानीय टेकराज निङ्गलेखुको अध्यक्षतामा ९ सदस्यीय समिति निर्माण गरी भवन निर्माणको काम अघि बढाईएको थियो । प्रदेश नम्बर १ बाट १५ लाख र स्थानीय जनसहभागीताबाट १ लाख ५० हजार गरी १६ लाख ५० हजारको लागतमा भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष टेकराज निङ्गलेखुले बताए । कार्यक्रममा, शिवसनगरपालिका वडा नम्बर ६ का अध्यक्ष मनोज कार्की, नेकपा शिवसताक्षी नगरपालिकाका अध्यक्ष महेन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सञ्जय राईले कार्यक्रमको सञ्चालन गरेका थिए ।
Comments