Sajhamanch Archive

जब डाक्टर पिताको अगाडि आयो छोराको शव

Published: in विविधा by .

गत शुक्रबार डाक्टर अब्दुल गनीलाई बेलुका करिब सवा चार बजे अस्पताल फर्किनका लागि फोन आयो । त्यतिबेला उनले सोचेका पनि थिएनन् कि उनको आफ्नो छोरा अस्पतालमा मृत अवस्थामा छन् र उनले नै उनको मृत्युको घोषणा गर्नुपर्नेछ र

भारत प्रशासित कश्मिरको पुलवामा जिल्लाको राजपुरा अस्पतालमा पाँच घाइतेलाई भर्ना गरिएको थियो । यी घाइतेमध्ये डाक्टर गनीका छोरा पनि थिए जसलाई गोली लागेको थियो ।

जब डाक्टर गनी अस्पताल फर्किए तब त्यहाँ उनले आफ्नो छोराको शव देखे । उनका १५ वर्षका छोरा फैजानलाई पुलवामामा भारतीय सेना र चरमपन्थीबीच भएको मुठभेडमा गोली लागेको थियो ।

शुक्रबार जब सेना र चरमपन्थीबीच मुठभेड भएको थियो तब सयौंले सेनामाथि पत्थर फ्याँकिरहेका थिए । यीमध्ये फैजान पनि एक थिए । जवाफी कारवाहीमा सुरक्षाबलले प्रदर्शनकारीहरुमाथि गोली चलायो । यसमा थुप्रै प्रदर्शनकारी घाइते भए ।

‘तपाईंको छोरा अब यो दुनियाँमा छैनन्’

यसबारे पुलिसको भनाई अनुसार पाँच सर्वसाधारणलाई मुठभेडको क्रममा क्रस फायरिङमा गोली लाग्यो जसमा एकको मृत्यु भयो । निबार फैजानको गोस्वानपोरामा अन्तिम संस्कार गरियो । डाक्टर गनीले फैजानको मुटुमा गोली लागेको बताए ।

उनी भन्छन्, ‘मेरो छोरा फैजानलाई पहिले नजिकैको अस्पताल लगियो । करिब पाँच बजे उनलाई मेरो अस्पताल ल्याइएको थियो । जब मलाई फोन आयो तब म घर पुगेको थिइनँ, बाटैमा थिएँ । मलाई तुरुन्त अस्पताल आउन भनियो । जब म अस्पताल पुगें तब मैले तीन घाइतेको उपचारपछि उनीहरुर्ला श्रीनगरको लागि रिफर गरिदिएँ । दुई घाइतेलाई गोलीको छर्रा लागेको थियो ।’

डाक्टर गनी भन्छन्, ‘अस्पतालका मेरा साथीहरुले मलाई सम्झाउन थाले । जब मैले उनीहरुलाई के भयो भनेर सोधें तब उनीहरुले मेरो छोरो यो दुनियाँमा नभएको बताए । छोराको शव देखेर म टुटे तर हौसला त राख्नै पर्छ ।’

डाक्टर गनीले आफ्नो छोराको शवलाई सेतो कपडाले बेरेर आफ्नो घर लगे । उनी भन्छन्, ‘मैले कहिले पनि सोचेको थिइनँ कि मैले आफ्नै अस्पतालमा छोराको शव देख्नेछु । मेरो छोराको मुटुमा गहिरो चोट लागेको थियो । यो टारगेट किलिङ हो । यदि खुट्टामा वा अन्य कुनै ठाउँमा लागेको भए मैले उसलाई बचाउन सक्थें । तर उनको त घटनास्थलमा नै मृत्यु भइसकेको थियो ।’

उक्त दिनको घटनाक्रमबारे याद गर्दै डाक्टर गनी भन्छन्, ‘मैले बिहान छोरालाई स्कूल जान्छौ कि जाँदैनौ भनेर सोध्दा उनले आज जुमा हो, हाफ छुट्टी हुने भएकाले म स्कूल जाँदिन भने । मैले उनलाई पानी परिरहेकाले घरमा नै बस म अफिस जान्छु भनें । मैले उनीसँग गरेको अन्तिम संवाद यो नै हो ।’

डाक्टर गनी भन्छन्, ‘कतै फैजान जुमेको नमाजपछि प्रदर्शनीमा समावेश भयो कि भन्ने शंका लागेको थियो । मेरो मन भित्रैदेखि तनावमा थियो । घर गएर कहिले छोरा र परिवारसँग बसेर खाना खाउँ भन्ने चिन्ता दिनभरी थियो । ’

१५ वर्षका फैजान किशोरावस्थाबाट युवावस्थामा कदम राखिरहेका थिए । डाक्टर गनीका अनुसार हालैका केही महिनामा उनी कश्मिरको मुद्दामा निकै गम्भीर हुन थालेका थिए । बढ्दो उमेरसँगै उनको राजनीतिक र सामाजिक चासो पनि बढिरहेको थियो ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *